दाहाल डाटाबेस

English version
If you can not read this page, please download font here.

पुस्तक संसार
rdahal's principles
गृह
वंशलताव्यक्तिगत पाना सम्पर्क
(तिमी यो दाहाल डाटाबेसमा छैनौ भने यहाँ जाउ)
वंश लताका बारेमा


जसरी भए पनि शृष्टि भएकै हो र यही शृष्टिको क्रममा मानिस पनि निस्किएका हुन । आदि पितामाता को हुन ? सो बारे व्याख्या फरक होलान तैपनि प्रवर भनिने गोत्र प्रवर्तकहरूको स्थान त्यो विशाल वंशलतामा अवशय पनि कहीं थियो, नत्र फलानोको सन्तान भनिरहनु पर्ने आवश्यकता थिएन । फेरि असंख्य यी लता र असंख्य यी प्रवर्तक बाट निस्किएका वंशलताहरू कर्म, वासस्थान, व्यवहार आदि अनुसार विभिन्न नामका सन्तान भनिदा भनिदै पछि त्यही नै थर बन्न पुग्यो । त्यसैले नेपालमा हिन्दु विधि अन्तर्गतको कुनै पनि व्यक्तिको परिचय नाम, थर, गोत्र र प्रवर चार अवयव द्वारा निर्धारित हुने चलन कायम भएको छ ।

कुलपुरुष वत्सको नाममा गोत्र स्थापित भएको वंशमा वत्स, भार्गव, च्यवन, और्व, जमदग्नि जस्ता पुराणपुरुषगरू रहेको वंश महाकाली तरेर पश्चिम बाट भित्र पसे पछि दहगाउँ बसेको कारणले दाहाल थर या वंशनाम पाएर ६०० वर्षको अन्तरालमा पुरै नेपाल छिचोलेर भारतको बंगाल, आसाम हुदै बर्मा, थाइल्यन्ड र मलेसिया सम्म पनि पुगे र अहिले त विश्वको कुनाकुनामा पनि पाइन सकिन्छ ।

कुनै पनि वत्स गोत्रिय दाहालले म को हुँ ? र मेरा पुर्खा को थिए ? भन्ने क्रमको खोजीमा अंदाजी छ सय वर्ष लामो यि वंशलता खोजिएको छ । यो पहिलो प्रयाश भएकोले यसमा त्रटी,कमजोरी र अपुगहरू थुप्रै होलान जो सबै बाट प्राप्त हुने सूचना,सहायता,सल्लाह र सुझावले परिष्कृत गरिदै लगिनु पर्ने हुदा हाम्रो सम्पर्क ठेगानामा जानकारी पुर्‍याइ सहयोग गर्न पनि अनुरोध गरिन्छ । यो डाटाबेस,यी तथ्यांक र यो वेभसाइट कुनै व्यक्ति विशेषको नभई सम्पूर्ण दाहाल परिवारको धरोहर मानी सहयोगको अपेक्षा गरिन्छ ।


FreeWebSubmission.com